कुलेखानी जलाशय लगातार बढ्दै, सतर्क रहन आग्रह
मकवानपुरको कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढिरहेको छ ।
हेटौडा । मकवानपुरको कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढिरहेको छ । बिहान ११ बजेको अपडेटअनुसार पानीको सतह बढेर १५२६.२३ मिटर पुगेको हो ।
निरन्तर ठूलो वर्षा भइरहेकाले पछिल्ला दिनको तुलनामा जलाशयमा पानीको सतह केही तीव्र गतिमा बढिरहेको जनाइएको छ ।
कुलेखानी जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ । हाल जलाशयबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।
जलाशयमा पानीको सतह १५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइने र त्यसपछि पानीको सतह थप बढ्दै गएमा क्रमशः तीन पटकसम्म साइरन बजाइने जानकारी दिइएको छ ।
तीन पटक साइरन बज्ने अवस्था आउँदा जलाशयको पानीको सतह १५३० मिटर पुगेको हुने र त्यसपछि बाँधको मुख्य ढोका बिस्तारै खोलिने जनाइएको छ ।
निरन्तर ठूलो वर्षा भइरहेकाले जलाशयको पानीको सतहमा भइरहेको वृद्धिलाई प्राधिकरणसहित स्थानीय प्रशासनले निगरानी गरिरहेको जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.