एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लक–इन अवधि कात्तिक १० गतेपछि समाप्त हुने

एपोलो हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि आगामी कात्तिक १० गतेपछि समाप्त हुने भएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ९ असोज २०८३, १०:३५ AM
—
फन्ट
एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लक–इन अवधि कात्तिक १० गतेपछि समाप्त हुने

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि आगामी कात्तिक १० गतेपछि समाप्त हुने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ४७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याएको थियो। उक्त सेयर सर्वसाधारणतर्फको आईपीओ बाँडफाँडसँगै २०८३ वैशाख ११ गते बाँडफाँड गरिएको थियो।

सामूहिक लगानी कोषलाई छुट्याइएको सेयरमा सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिबाट ६ महिनासम्म लक–इन अवधि रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लक–इन अवधि २०८३ कात्तिक १० गते (सन् २०२६ अक्टोबर २७) पछि समाप्त हुने कम्पनीले जनाएको छ।

लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सामूहिक लगानी कोषहरूले नियमानुसार उक्त सेयर कारोबार गर्न सक्नेछन्।

कम्पनीको सेयर रजिस्ट्रार हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.