रोशी खोलामा बस बीचमै फस्यो, यात्रुको उद्धार

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुवाहक बस खोला तर्ने क्रममा बीचमै फसेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, ८ असोज २०८३, १२:२३ PM
फन्ट
रोशी खोलामा बस बीचमै फस्यो, यात्रुको उद्धार

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुवाहक बस खोला तर्ने क्रममा बीचमै फसेको छ।

बिहीबार बिहान बस खोला तर्ने क्रममा पानीको बहावका कारण खोला पार गर्न नसकी बीचमै रोकिएको थियो।

घटनाको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट गएको विपद् व्यवस्थापन टोलीले बसमा रहेका यात्रुहरूको उद्धार गरी सुरक्षित स्थानमा लगेको छ। प्रारम्भिक विवरणअनुसार घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।

खोलामा पानीको बहाव बढ्नु तथा सडकको अवस्थाका कारण बस फसेको हुनसक्ने जनाइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.