मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस कति र नगद कति ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, ६ असोज २०८३, १२:३४ PM
फन्ट
मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस कति र नगद कति ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले (MSHL)आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको २०८३ असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले आफ्नो खुद मुनाफाबाट १५ प्रतिशत बोनस शेयर०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ।

उक्त प्रस्ताव नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ को लागि बस्ने कम्पनीको आगामी पाँचौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.