भोटेकोशी बाढीपीडितका लागि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारीमा सरकार

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, ५ असोज २०८३, ९:१३ PM
फन्ट
भोटेकोशी बाढीपीडितका लागि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारीमा सरकार

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

पूर्वाधार विकास मन्त्रालयभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएका छन्।

सरकारले आफैँ कोठा खोजेर बस्न चाहने बाढीपीडित परिवारलाई चार जनासम्म भए मासिक १५ हजार रुपैयाँचार जनाभन्दा बढी भए थप प्रतिव्यक्ति २ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रभावितको सुरक्षित जग्गा भए त्यहाँ ‘मोड्युलर’ घर निर्माण गर्ने तथा सुरक्षित जग्गासमेत नभएकालाई सरकारले जग्गा व्यवस्थापन गरी त्यस्ता घर बनाउने तयारी गरेको छ। प्रभावित परिवारको विवरण संकलनसँगै सुरक्षित जग्गा पहिचान र घर व्यवस्थापनको काम अघि बढाइएको छ ।

सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार ६० प्रतिशत परिवारले कोठा भाडामा बस्ने, २० प्रतिशतले आफ्नै सुरक्षित जग्गामा घर बनाउने र २० प्रतिशतले सरकारले जग्गासहित घरको व्यवस्था गरिदिनुपर्ने विकल्प रोजेका छन्। दीर्घकालीन रूपमा भने सरकारले सुरक्षित स्थानमा आवश्यक सुविधासहित एकीकृत बस्ती निर्माण गरी प्रभावितलाई पुनःस्थापना गर्ने प्रारम्भिक योजना बनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.