नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।

Artha Kendra Artha Kendra
आइतबार, ४ असोज २०८३, १२:५३ PM
फन्ट
नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।

यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको अनुमतिपत्र छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीबाट छपाइ सुरु गरेको हो। नयाँ प्रणालीबाट नयाँ अनुमतिपत्र लिने र पुरानो अनुमतिपत्र नवीकरण गर्ने प्रक्रिया छिटो र सहज हुने विभागले जनाएको छ।

प्रणालीमा सेवाग्राहीको विवरण प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। सुरक्षण मुद्रणले अनुमतिपत्र छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ। सोहीअनुसार मधेश प्रदेशले अनुमतिपत्र छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबारदेखि छपाइ सुरु गरेको छ।

प्रदेश सरकारले सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा अनुमतिपत्र छपाइ गरिने विभागले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.