सिटिजन्स बैंकले ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २ असोज २०८३, १२:२१ PM
फन्ट
सिटिजन्स बैंकले ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको भदौ २९ गते बसेको सञ्चालक समितिको ५२९औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.