सिद्धार्थ बैंकद्वारा सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १ असोज २०८३, १:१३ PM
—
फन्ट
सिद्धार्थ बैंकद्वारा सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको ४८२औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको हालको चुक्ता पूँजी करिब रु. १४ अर्ब ७९ करोड रहेको छ।

प्रस्तावअनुसार साधारण सेयरधनीले करिब रु. १ अर्ब ४७ करोड ९४ लाख बराबरको बोनस सेयर पाउनेछन्। त्यस्तै, कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांशबापत करिब रु. १ अर्ब ४७ करोड ९४ लाख वितरण गर्ने प्रस्ताव गरिएको छ।

यसरी बैंकले साधारण सेयरधनीका लागि प्रस्ताव गरेको कुल लाभांशमध्ये आधा बोनस सेयर र आधा नगद लाभांश रहेको छ

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

BY

Bhabesh Yadav

·

Right