कुमारी बैंकले प्रस्ताव गर्‍यो २.१०५३ प्रतिशत नगद लाभांश

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, ३१ भदौ २०८३, ११:१८ AM
फन्ट
कुमारी बैंकले प्रस्ताव गर्‍यो २.१०५३ प्रतिशत नगद लाभांश

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको आधारमा करसहित २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी करिब रु. २६ अर्ब २२ करोड रहेको छ । उक्त चुक्ता पुँजीका आधारमा प्रस्तावित नगद लाभांशको कुल रकम करिब रु. ५५ करोड २० लाख बराबर हुन्छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.