बेनी हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै, २५.७ गुणाभन्दा बढी आवेदन

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २६ भदौ २०८३, ११:४१ AM
फन्ट
बेनी हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै, २५.७ गुणाभन्दा बढी आवेदन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर यसअघि नै बाँडफाँट भइसकेको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। पछिल्लो विवरणअनुसार आईपीओमा मागभन्दा अत्यधिक आवेदन परेको छ।।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट सी–आस्बा प्रणालीमार्फत तथा मेरो शेयर अनलाइनबाट आईपीओमा आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.