करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, २५ भदौ २०८३, १२:४ PM
फन्ट
करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका खोटाङका २५ वर्षीय शेरबहादुर मगरलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मगर २०८२ चैत ११ गते मेलम्ची नगरपालिका–१०, आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । उनको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो । उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।

विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचार खर्चबापत ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन्। बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताएका छन्  ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.