स्वरोज़गार र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।

Artha Kendra Artha Kendra
आइतबार, २१ भदौ २०८३, ६:५० PM
फन्ट
स्वरोज़गार र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानन्द्रप्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका थिए ।

एकीकरणपछि शाखा सञ्जाल, सदस्य संख्या, कर्जा तथा बचत कारोबार एउटै संस्थामार्फत सञ्चालन गरिने भएको छ । यसबाट संस्थाको वित्तीय क्षमता र सञ्चालन दक्षता थप बलियो हुने अपेक्षा गरिएको छ ।

एकीकरणअघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ६८ करोड ५६ लाख रुपैयाँविन नेपालको करिब ७ करोड ४३ लाख रुपैयाँ रहेकोमा एकीकरणपछि चुक्ता पुँजी करिब ७५ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

एकीकृत संस्थाको शाखा संख्या ११२, सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी र कर्मचारी संख्या करिब ६१९ पुगेको जनाइएको छ । संस्थाको कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ र कुल बचत करिब ५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच दुई संस्थाको एकीकरणले पुँजीगत आधार, पहुँच र सञ्चालन क्षमता विस्तार गर्दै ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी रूपमा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.