माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङमा उद्धारको प्रयास जारी, अहिलेसम्म के के भयो ?

रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले विस्फोट गराएर बाटो खोल्नेसम्मका प्रयास अघि बढाएका छन् ।

Artha Kendra Artha Kendra
आइतबार, १४ भदौ २०८३, ४:९ PM
फन्ट
माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङमा उद्धारको प्रयास जारी, अहिलेसम्म के के भयो ?

काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले विस्फोट गराएर बाटो खोल्नेसम्मका प्रयास अघि बढाएका छन् ।

उद्धारस्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ ।

यसअघि उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भागमा पुगेर २ फिट चौडा र ३ फिट अग्लो प्वाल बनाएको थियो । डोरीको सहायताले तल झरेर भित्र रहेका मानिसलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई तीव्र बनाउन ठूला उपकरण प्रयोग, विस्फोट तथा प्वाल फराकिलो पार्ने काम एकसाथ भइरहेको जनाइएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.