धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा रहेको चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।

Artha Kendra Artha Kendra
आइतबार, १४ भदौ २०८३, १:२१ PM
फन्ट
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा रहेको चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।

आइतबार त्रिशुली नदीमा आएको बाढीले चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो ।

बाढीका कारण पुल नजिक रहेका चरौदी कृषक सुधार फलफूल तथा तरकारी उत्पादक सहकारी संस्था, वडा कार्यालय, चरौदी पोषण सुधार केन्द्र, चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्र, ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड र बुद्धि विकास आधारभूत विद्यालयमा समेत प्रत्यक्ष असर परेको स्थानीयले बताएका छन् ।

प्रशासनले जोखिमपूर्ण आवस्था रहेकाले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.