भोटेकोशी बाढीपछि सम्पर्कविहिनको संख्या १ हजार ९२४ पुग्यो
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म बाढी तथा विपद्का कारण १ हजार ९२४ जना सम्पर्कविहीन रहेका छन् ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म बाढी तथा विपद्का कारण १ हजार ९२४ जना सम्पर्कविहीन रहेका छन् ।
सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना रहेका छन् ।
त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
यसैगरी, ५१७ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ ।
त्यस्तै प्राधिकरणले अहिलेसम्म ५७९ जनाको शव फेला परेको जानकारी दिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.