भोटेकोशी बाढी: उद्धार र राहतमा खटिन प्रधानमन्त्री शाहको निर्देशन
रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षति तथा आगामी उद्धार र राहतका कामबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
काठमाडौँ । रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षति तथा आगामी उद्धार र राहतका कामबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको छ। बैठकमा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा उद्धार र राहतका लागि चाल्नुपर्ने आगामी कदमबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सम्बन्धित सबै निकाय तथा व्यक्तिलाई आ–आफ्नो स्थानबाट बाढी प्रभावित क्षेत्रमा खटिन आग्रह गरेका छन्।
उनले प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणलाई प्राथमिकताका साथ अघि बढाउन र आवश्यक समन्वय गरी प्रभावकारी रूपमा काम गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.