ग्यासको बिक्री व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निगमको निर्देशन

नेपाल आयल निगमले खाना पकाउने ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, १ भदौ २०८३, ११:१३ AM
फन्ट
ग्यासको बिक्री व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निगमको निर्देशन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ ।

निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ । उपभोक्ताले आफूलाई पायक पर्ने विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न सक्नेछन् ।

नयाँ व्यवस्थाअनुसार ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई बुझाउनुपर्नेछ

त्यस्तै, विक्रेता तथा वितरकले बिक्री भएको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण तयार गरी सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ । उद्योगले उक्त विवरण सोही दिन निगममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निगमले अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न निर्देशन दिएको छ । ग्यासको ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्था सहज बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।

ग्यास वितरणको अनुगमनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमका कर्मचारीसहितको संयुक्त टोली परिचालन गरिनेछ

नजिकको विक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल ग्यास आवश्यक भएका उपभोक्ताले निगमको शीघ्र प्रतिक्रिया टोलीमा सम्पर्क गर्न सक्नेछन् । निगमले ९८५१४४५१२४ र ९८५१४४५१२८ नम्बर सार्वजनिक गर्दै ग्याससम्बन्धी समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ ।

निगमले वास्तविक आवश्यकता भएका उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउँदै बिक्री वितरणमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले नयाँ व्यवस्था गरिएको जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.