काठमाडौँमा आज ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, भोलि सात स्थानबाट वितरण हुने
नेपाल आयल निगमले काठमाडौँमा अत्यावश्यक भएका उपभोक्तालाई शनिबार विभिन्न पाँच बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास प्रत्यक्ष बिक्री गरेको जनाएको छ ।
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँमा अत्यावश्यक भएका उपभोक्तालाई शनिबार विभिन्न पाँच बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास प्रत्यक्ष बिक्री गरेको जनाएको छ ।
निगमका अनुसार टेकुस्थित निगम परिसर, चाबहिलको यातायात कार्यालय, कीर्तिपुर र बसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गरिएको हो ।
बिक्रीका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर मागअनुसार नपुगेपछि तोकिएको समयमा बिक्री केन्द्रमा पुगेका तर ग्यास लिन नसकेका उपभोक्तालाई कुपनमार्फत भोलि पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ ।
यसैबीच, निगमले आइतबार काठमाडौँ उपत्यकाका सात स्थानबाट अत्यावश्यक भएका उपभोक्तालाई एलपी ग्यासका सिलिन्डर बिक्री गर्ने जनाएको छ । निगमले यससम्बन्धी सूचना समेत सार्वजनिक गरिसकेको छ ।
ग्यास लिन जाने उपभोक्ताले आवश्यक परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा उपस्थित हुनुपर्नेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.