पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २९ श्रावण २०८३, ११:१७ AM
फन्ट
पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

त्यस्तै, श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुई वटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सीपीयू समेत अदालतमा ल्याउन आदेश दिइएको छ।

श्रेष्ठलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको थियो।

उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा एक महिलाले जाहेरी दिएपछि प्रहरीले बुधबार राति पक्राउ गरेको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.