पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, १८ श्रावण २०८३, ११:३२ AM
फन्ट
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँडिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो।

त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा मूल्य कायम गरिएको निगमले जनाएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ। डिजेल/मट्टितेलको मूल्य पनि प्रतिलिटर २०० रुपैयाँ पुगेको छ।

निगमका अनुसार पछिल्ला केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर पूर्ण रूपमा लागतअनुसार मूल्य समायोजन नगरिएको हो। भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १७ पैसा, डिजेलमा ४१ रुपैयाँ ७६ पैसाहवाई इन्धनमा १९ रुपैयाँ १० पैसा लागत बढेर आएको जनाएको छ।

मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ४४ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब कायम रहेकाले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले उपभोक्तासँग आग्रह गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.