नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन गरिएको छ ।
काठमाडौँ । नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन गरिएको छ ।
सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुसँग संयुक्त रूपमा नागढुंगा सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनका लागि मात्र सुरुङ खुला गरिनेछ। त्यसपछि अन्य सवारीलाई क्रमबद्ध रूपमा प्रवेश दिइने बताइएको छ।
आयोजनाले सुरुङमार्गमा अत्यावश्यक सवारी साधन चलाएर करिब एक हप्तादेखि १० दिनसम्म परीक्षण गर्ने योजना बनाएको छ। त्यसपछि क्रमशः अन्य सवारी साधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।
परीक्षण अवधिभर आपत्कालीन सवारीसाधनले कुनै शुल्क तिर्नु पर्ने छैन। अत्यावश्यक सवारीको सफल परीक्षण र सुरक्षा सुनिश्चित भएपछि सर्वसाधारणका सवारी साधनलाई क्रमिक रूपमा सञ्चालन अनुमति दिइने आयोजनाले जनाएको छ।
सुरुङ प्रयोगबापत कार, बस, ट्रक र लरीका लागि सवारीको आकार र दिशाअनुसार छुट्टाछुट्टै टोल शुल्क तोकिएको छ। सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गर्दै सडक बोर्ड ऐन, २०५८ अनुसार दस्तुर निर्धारण गरिसकेको छ।
टोल शुल्क यसप्रकार छः
-
कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी: काठमाडौं प्रवेश गर्दा रु. ६५, बाहिरिँदा रु. ६०
-
मिनीबस, मिनी टिपर/ट्रक: प्रवेश गर्दा रु. ११५, बाहिरिँदा रु. ८०
-
बस तथा ट्रक (सिङ्गल रियर एक्सल): प्रवेश गर्दा रु. २६०, बाहिरिँदा रु. २००
-
मल्टी एक्सल ट्रक तथा भारी उपकरण: प्रवेश गर्दा रु. ६००, बाहिरिँदा रु. २५०
भुक्तानीलाई सहज बनाउन आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ र नगद दुवै माध्यमको व्यवस्था गरिएको छ।
दुईपांग्रे, तीनपांग्रे, पैदलयात्री तथा डिजेल, पेट्रोल वा ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङ प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जापानको साढे २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको यो आयोजना कोभिड–१९ लगायतका कारण ढिलो गरी सम्पन्न भएको हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.