चार घण्टापछि नेप्सेले भन्यो– वेबसाइटको प्राविधिक समस्या समाधान भयो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो वेबसाइटमा कारोबार समयपछि देखिएको प्राविधिक समस्या समाधान भएको जनाएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ८ श्रावण २०८३, ६:५३ PM
फन्ट
चार घण्टापछि नेप्सेले भन्यो– वेबसाइटको प्राविधिक समस्या समाधान भयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो वेबसाइटमा कारोबार समयपछि देखिएको प्राविधिक समस्या समाधान भएको जनाएको छ। शुक्रबार कारोबार बन्द भएपछि वेबसाइटमा सूचकांक तथा अन्य विवरण फरक देखिएको थियो।

यस विषयमा करिब ४ घण्टापछि सूचना जारी गर्दै नेप्सेले प्राविधिक समस्याका कारण फरक विवरण देखिएको र अहिले समस्या समाधान गरिएको जनाएको हो।

साथै, उक्त घटनाबाट लगानीकर्ता तथा सरोकारवालामा परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.