प्रधानमन्त्री शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्न लागेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्न लागेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनको पहल गरिरहेका छन् ।
Comments
1 comment · join the conversation
PRAKASH PRASAD BARNAWAR
·Now , there is a huge shortage of chemical fertilizer in Terai region of NEPAL and this is a huge of our country making farmers more poor but our current government can't do anything for our farmers it's so sad 😔😔😔😔
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.