फिफा विश्वकप २०२६ को फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

नेपाली फुटबल समर्थकले फिफा विश्वकप २०२६ को फाइनल खेल निःशुल्क रूपमा हेर्न पाउने भएका छन्।

Artha Kendra Artha Kendra
आइतबार, ३ श्रावण २०८३, २:४७ PM
फन्ट
फिफा विश्वकप २०२६ को फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ, ०३ साउन । नेपाली फुटबल समर्थकले फिफा विश्वकप २०२६ को फाइनल खेल निःशुल्क रूपमा हेर्न पाउने भएका छन्। नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलले भोलि राति हुने विश्वकपको उपाधि भिडन्त प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल खेल अतिरिक्त शुल्कबिनै एनटीभी प्लसबाट प्रत्यक्ष हेर्न सकिने बताएका छन्।

यस निर्णयसँगै पे–टिभी वा अन्य सशुल्क प्लेटफर्ममा निर्भर हुनुपर्ने बाध्यता हट्ने भएको छ। देशभरका फुटबलप्रेमीले सरकारी टेलिभिजनमार्फत सहज रूपमा विश्वकपको निर्णायक खेलको रोमाञ्च लिन सक्नेछन्।

यसअघि तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्डबीच भएको खेल पनि एनटीभी प्लसले निःशुल्क प्रत्यक्ष प्रसारण गरेको थियो। त्यसको निरन्तरतास्वरूप अब फाइनल खेल पनि सार्वजनिक पहुँचमा ल्याइएको हो।

विश्वकपको फाइनलप्रति नेपाली दर्शकमाझ विशेष उत्साह देखिएको बेला सरकारी प्रसारण संस्थाको यो निर्णयले ठूलो संख्यामा फुटबल समर्थकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.