निगमले भन्यो- भोलिदेखि फेरि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री शुरु हुन्छ
नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको खाना पकाउने ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको जनाएको छ।
काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको खाना पकाउने ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको जनाएको छ।
निगमका अनुसार भारतका विभिन्न ग्यास भर्ने केन्द्र र प्रशोधन केन्द्रबाट ग्यास आपूर्तिमा सुधार आएपछि तथा उपभोक्ताबाट १४.२ किलोग्रामको सिलिन्डरको माग बढेकाले बुधबारदेखि साविककै तौलको ग्यास बिक्री गर्ने व्यवस्था गरिएको हो । यस सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यसअघि आपूर्ति व्यवस्थापन सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो । निगमले केही समयसम्म बजारमा ७.१ किलोग्राम र १४.२ किलोग्राम दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने जनाएको छ । त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न आग्रह गरिएको छ ।
निगमका अनुसार हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।
Comments
1 comment · join the conversation
Bhupes khanal
·यो त एकदमै राम्रो कुरा हो। तर यस सँगसँगै १४.२ केजीको सिलिन्डरमा कम्तिमा २०० रुपैयाँ घटेर १८०० सम्ममा आइदिने हो भने उपभोक्तालाई थप सहज हुन जान्छ।
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.