सञ्चारगृह अघि शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघद्वारा छानबिन र सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौंका तीन सञ्चारगृहको कार्यालय प्रवेशद्वारमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध पुर्‍याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, २९ असार २०८३, ४:४५ PM
फन्ट
सञ्चारगृह अघि शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघद्वारा छानबिन र सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौँ । काठमाडौंका तीन सञ्चारगृहको कार्यालय प्रवेशद्वारमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध पुर्‍याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले घटनाको तत्काल छानबिन, दोषीमाथि कानुनी कारबाही गर्न तथा सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार सोमबार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या सिर्जना गरिएको उल्लेख गरिएको छ।

महासंघले यस्तो कार्यले सञ्चारमाध्यमको नियमित कामकाजमा अवरोध पुर्‍याउनुका साथै पत्रकारमा त्रासको वातावरण सिर्जना गरेको जनाएको छ।

महासंघले सञ्चारमाध्यम र पत्रकारको संवैधानिक तथा पेशागत अधिकारमाथि हस्तक्षेप गर्ने यस घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, सञ्चारगृहको सुरक्षामा आवश्यक संवेदनशीलता अपनाउन पनि आग्रह गरेको छ।

महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोलीले अनलाइनखबरलगायत प्रभावित सञ्चारगृहमा पुगेर घटनास्थलको निरीक्षण गरेको थियो। अध्यक्ष शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको देखिएको बताउँदै पत्रकार र सञ्चारगृहको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरिन्।

उक्त घटनापछि तीनवटै सञ्चारगृहमा प्रहरी पुगेर गाडीधनीको खोजी सुरु गरेको छ। गाडी कसले र किन पार्किङ गरेको हो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.