नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनी तथा फर्मको इजाजतपत्र स्वतः खारेज भएको छ।
काठमाडौं । समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनी तथा फर्मको इजाजतपत्र स्वतः खारेज भएको छ। पूर्वाधार विकास मन्त्रालयले कानुनी समयसीमा नाघेपछि ती निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरिएको जनाएको हो।
मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार, निर्माण व्यवसाय ऐन, २०५५ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो। तर, तोकिएको अवधिभित्र नवीकरण नगरेपछि सम्बन्धित ४४ निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार निर्माण व्यवसाय ऐनको दफा ७ बमोजिम इजाजतपत्र खारेज गरिएको हो। यससम्बन्धी जानकारी मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार सार्वजनिक सूचना जारी गर्दै गराइएको छ। मन्त्रालयले निर्माण व्यवसायीलाई कानुनी व्यवस्था पालना गर्दै समयमै इजाजतपत्र नवीकरण गर्न पनि आग्रह गरेको छ।
Comments
1 comment · join the conversation
Abc
·अनि यी निर्माण फर्म ले वर्षौ देखि कर vat तिर्न बाँकी भए, अन्य व्यवसायी वा पार्टी लाई वा कसैसँग सापटी उधारो वा बैंक कर्जा तिर्न तिराउन बाकी भए के कसरी असुल्छन् त??
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.