निजी गुठीको जग्गा रैकर बनाई बिक्री गरेको आरोपमा १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंको साविक साँगला गाविस–९ स्थित निजी गुठीको जग्गा किर्ते कागजात र अभिलेख सच्याएर रैकर बनाइ बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाडौँ । काठमाडौंको साविक साँगला गाविस–९ स्थित निजी गुठीको जग्गा किर्ते कागजात र अभिलेख सच्याएर रैकर बनाइ बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अनुसन्धानका क्रममा साविक कित्ता नम्बर १४९, १५४, १५५ र १५७ का जग्गा गुठीको नाममा दर्ता रहेको भए पनि अभिलेखमा रहेको 'गुठी' शब्द हटाई निजी जग्गाका रूपमा कायम गरिएको पाइएको अख्तियारले जनाएको छ ।
अनुसन्धानअनुसार मालपोत कार्यालय, टोखा–सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनाल, मोठ फाँटका तत्कालीन नायब सुब्बा रामप्रसाद शर्मा ढकाल, कम्प्युटर अपरेटर जयराम खत्री, नाजोराम भगत, जानुका सापकोटा, नायब सुब्बा कृष्णप्रसाद पोखरेल तथा खरिदार रुद्रप्रसाद आचार्यले मिलेमतोमा विद्युतीय अभिलेख संशोधन गरी निजी गुठी हटाइएको विवरण स्वीकृत गरेका थिए । भूमि व्यवस्थापन तथा अभिलेख विभागको अभिलेखअनुसार त्यसपछि उक्त जग्गा रैकर निजी कायम गरी विभिन्न कारोबार गरिएको देखिएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनले समेत मूल अभिलेखमा रहेको 'गुठी' शब्द मेटिएको पुष्टि गरेको छ। अख्तियारका अनुसार निजी गुठीको तथ्य लुकाई नामसारी तथा राजीनामा लिखत पारित गर्ने उद्देश्यले अभिलेखमा केरमेट, थपघट र हेरफेर गरी गलत कागजात तयार गरिएको थियो । यस प्रकरणमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन खरिदार सूर्यराज पोखरेलमाथि पनि छुट्टै कसुरमा मुद्दा दायर गरिएको छ ।
यस्तै सुरेश प्रधान, शंकरमान प्रधान, पिपल प्रधान, राम प्रधान, कपिलबहादुर प्रधान, पुरुषोत्तम प्रधान र सुरेश ढकाललाई गैरकानुनी लाभ लिने मतियारका रूपमा प्रतिवादी बनाइएको छ । हाल जग्गाधनीका रूपमा कायम स्वर्गीय रमा थापाको हकमा उनका श्रीमान् रामहरी थापासहित रोजनी महत, नारायणप्रसाद अधिकारी, हर्कनारायण श्रेष्ठ, राजु श्रेष्ठ, तुईभाई श्रेष्ठ, गीता सापकोटा, विष्णुकला श्रेष्ठ, सरोज विशुराल, राजेश श्रेष्ठ, सुनिता श्रेष्ठ र प्रेमकुमारी रिजाललाई जग्गाधनी दर्ता बदर गरी गुठी कायम गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.