आवासीय घर कर्जाको सीमा रु. ३ करोड पुग्यो
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षामार्फत निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह हुने कर्जाको सीमा बढाएको छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षामार्फत निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह हुने कर्जाको सीमा बढाएको छ ।
राष्ट्र बैंकका अनुसार निजी आवासीय घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा रुपैयाँ २ करोडबाट बढाएर रुपैयाँ ३ करोड कायम गरिएको छ ।
यससँगै कर्जा - मूल्य अनुपात समेत तोकिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा - मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था मिलाइएको छ भने अन्यको हकमा भने यो अनुपात बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिनेछ ।
वित्तीय प्रणालीमा अधिक तरलता रहेको र कर्जा प्रवाह अपेक्षित रूपमा वृद्धि हुन नसकेको अवस्थामा आवास क्षेत्रको माग बढाई कर्जा विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले यो सीमा बढाएको हो ।

यो पनि पढ्नुहोस्
मौद्रिक नीतिको समीक्षा: ब्याजदर घट्दो, तर निजी क्षेत्रको लगानी र कर्जा विस्तार अपेक्षाभन्दा कमजोर
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुलुकमा मुद्रास्फीति नियन्त्रणमा रहेको, विदेशी मुद्रा सञ्चिति बलियो बनेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहे पनि निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको जनाएको छ।
व्यक्तिगत ओभरड्राफ्ट र सेयर धितो कर्जाको सीमा बढ्यो
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.