व्यक्तिगत ओभरड्राफ्ट र सेयर धितो कर्जाको सीमा बढ्यो

 नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, २३ असार २०८३, १२:५६ PM
फन्ट
व्यक्तिगत ओभरड्राफ्ट र सेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै एकल ग्राहक सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ ।

राष्ट्र बैंकका अनुसार व्यक्तिगत ओभरड्राफ्ट (Personal Overdraft) कर्जाको सीमा रुपैयाँ ५० लाखबाट बढाएर प्रतिग्राहक रुपैयाँ १ करोड कायम गरिएको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहक सीमा रुपैयाँ १५ करोडबाट बढाएर रुपैयाँ २५ करोड पुर्‍याइएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता रहेको र निजी क्षेत्रतर्फको कर्जा प्रवाह अपेक्षित रूपमा वृद्धि हुन नसकेको अवस्थामा राष्ट्र बैंकले कर्जा विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले यी सीमा बढाएको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.