कालंगा हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार सुरु हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो लिमिटेड (KAHL) को १ करोड ४० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ।

Artha Kendra Artha Kendra
बुधबार, १७ असार २०८३, १२:३८ PM
फन्ट
कालंगा हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार सुरु हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो लिमिटेड (KAHL) को १ करोड ४० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ।

नेप्से र कम्पनीबीच २०८३ असार १७ गते सूचिकरण सम्झौता सम्पन्न भएको हो। सूचीकृत सेयरको कारोबार २०८३ असार १८ गते देखि स्पेशल प्रि–ओपन सेसनमार्फत सुरु हुनेछ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेञ्ज न्यूनतम ९८ रुपैयाँ ५६ पैसा र अधिकतम २९५ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ। पहिलो कारोबार यही मूल्य सीमाभित्र हुने व्यवस्था रहेको छ।

कालंगा हाइड्रोको सेयर 'KAHL' संकेत (सिम्बोल) अन्तर्गत दोस्रो बजारमा कारोबार हुनेछ। कम्पनीले सुदूरपश्चिम प्रदेशको बाजहाङ जिल्लामा जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.