सर्वोत्तम पेन्ट्सको आइपिओ बाँडफाँट
सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ ।
काठमाडौँ । सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । गोलाप्रथा विधिबाट ७० हजार ५५० जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजीको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
कुल सार्वजनिक निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो । त्यसैगरी २ प्रतिशत अर्थात् १७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।
यी सबै छुट्याइएको सेयरपछि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि वितरण गरिएको हो । उक्त सेयरको बाँडफाँट बिहीबार सम्पन्न भएको कम्पनीले जनाएको छ ।
आइपिओमा २८ लाख ५० हजार २५ जना आवेदकबाट ३ करोड ५ लाख २७ हजार ५४० कित्ताका लागि वैध आवेदन परेको थियो । यद्यपि ४४ हजार २०७ वटा आवेदनबाट माग गरिएको ५ लाख ५ हजार ६४० कित्ता सेयर बराबरको आवेदन अयोग्य ठहरिएको थियो ।
बाँडफाँट परिणामअनुसार गोलाप्रथा प्रणालीमार्फत ७० हजार ५५० जना आवेदकले जनही १० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात भने खाली भएको छ ।
आइपिओको नतिजा सीडीएससी र मेरो सेयरको वेबसाइटबाट हेर्न सकिनेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.