माउन्ट एभरेस्ट पावरको आइपिओ आजदेखि खुला
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन खुला गरेको छ ।
काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन खुला गरेको छ । कम्पनीले कुल १४ लाख २७ हजार ६ सय कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याएको हो ।
यस आइपिओको प्रारम्भिक आवेदन आजदेखि सुरु भएको छ र आवेदन दिने अन्तिम दिन असार ८ गतेसम्म रहेको छ । यदि माग कम परेमा आवेदन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ६० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि वितरण गरिएको थियो । बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।
यस सर्वसाधारण कोटामध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । त्यस्तै कुल प्रस्तावित सेयरमध्ये २ प्रतिशत अर्थात् ३४ हजार ४ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । अब बाँकी रहेको १४ लाख २७ हजार ६ सय कित्ता सेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले सम्हालेको छ । आवेदन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म दिन सकिने व्यवस्था छ ।
क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंकिङ क्षमता मूल्यांकन गर्दै ‘केयर एनपी बीबी प्लस’ तथा अल्पकालीनतर्फ ‘केयर एनपी ए फोर प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजना जुलाई ३१, २०२४ देखि व्यावसायिक उत्पादनमा आएको हो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.