सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज परेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २ असार २०८३, १:२७ PM
फन्ट
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, ०२ असार । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज परेको छ। कम्पनीले जेठ २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८५ हजार कित्ता सेयर छुट्याएर बिक्री खुला गरिएको थियो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिन चाहनेहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणाली मार्फत अनलाइन आवेदन गर्ने सुविधा पनि उपलब्ध छ।

कम्पनीले प्राप्त गरेको केयर एनपी डबल बी (CARE-NP BB) इस्युयर रेटिङ ले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गरेको छ।

उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक को रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदनको समय आज नै सकिने भएकाले इच्छुक लगानीकर्तालाई बैंकिङ समयभित्र आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.