फ्लाइ दुबईलाई पोखराबाट उडान सञ्चालन गर्ने अनुमति
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ।
विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी आवश्यक प्राविधिक मूल्याङ्कन सफलतापूर्वक सम्पन्न भएपछि नियमित अन्तर्राष्ट्रिय उडानको मार्ग प्रशस्त भएको हो। यससँगै पोखराबाट प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने सम्भावना थप बलियो बनेको छ।
फ्लाइ दुबईको प्राविधिक टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था, सञ्चालन क्षमता र प्राविधिक पक्षहरूको विस्तृत निरीक्षण गरेको थियो। उक्त निरीक्षणपछि कम्पनीले दैनिक उडान सञ्चालनको अनुमति प्राप्त गरेको बताइएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस निर्णयलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक अवसर का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार तथा काठमाडौँ केन्द्रित हवाई चाप न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
उनले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रभावकारी रूपमा जोड्ने अभियानमा सबै सरोकारवालाको सहयोग, समन्वय र शुभेच्छा आवश्यक रहेको बताएका छन्।
करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको थियो। उद्घाटन भएको तीन वर्षपछि विमानस्थलले अन्तर्राष्ट्रिय उडान सञ्चालनतर्फ महत्वपूर्ण कदम चालेको हो। हालसम्म मुख्यतः आन्तरिक उडानमा सीमित रहेको विमानस्थलमा फ्लाइ दुबईको नियमित सेवा सुरु भएसँगै अन्तर्राष्ट्रिय सञ्चालनले नयाँ गति लिने अपेक्षा गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.