मर्जर प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो वार्षिक साधारण सभा

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड ले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त सँगको मर्जर प्रक्रियालाई मुख्य एजेन्डा बनाएर सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

Artha Kendra Artha Kendra
आइतबार, २४ जेठ २०८३, १:१ PM
फन्ट
मर्जर प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो वार्षिक साधारण सभा

काठमाडौं, २४ जेठ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड ले जीवन विकास लघुवित्तयुनिक नेपाल लघुवित्त सँगको मर्जर प्रक्रियालाई मुख्य एजेन्डा बनाएर सातौँ वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको जेठ २२ गते बसेको सञ्चालक समिति बैठक ले सभा असार १३ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा काभ्रेपलाञ्चोकको बनेपास्थित होटल उग्रचण्डी मा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ। सभामा तीनवटै लघुवित्त संस्थाबीचको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव माथि छलफल गरी अनुमोदन गरिनेछ। साथै, मर्जर प्रक्रियाका क्रममा हालसम्म भएका निर्णय तथा सम्पूर्ण कामकारबाहीलाई समेत अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण माथि छलफल गरी पारित गरिनेछ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

साधारण सभा प्रयोजनका लागि संस्थाले असार ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.