सोपान फार्मास्युटिकल्स नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि कति तोकियो ओपनिङ रेन्ज?

सोपान फार्मास्युटिकल्स लिमिटेड (SOPL) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको शेयर दोस्रो बजारमा जेठ २५ गतेदेखि कारोबारमा आउने भएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २२ जेठ २०८३, ११:५४ AM
फन्ट
सोपान फार्मास्युटिकल्स नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि कति तोकियो ओपनिङ रेन्ज?

काठमाडौं, २२ जेठ । सोपान फार्मास्युटिकल्स लिमिटेड (SOPL) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको शेयर दोस्रो बजारमा जेठ २५ गतेदेखि कारोबारमा आउने भएको छ।

नेप्से र सोपान फार्मास्युटिकल्सबीच बिहीबार प्रतिकित्ता १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्य कायम रहेको १ करोड ७१ लाख ६० हजार कित्ता साधारण शेयर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ४२ लाख ९० हजार कित्ता (२५ प्रतिशत) तथा संस्थापक समूहको १ करोड २८ लाख ७० हजार कित्ता (७५ प्रतिशत) शेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको जनाएको छ।

नेप्सेका अनुसार कम्पनीलाई SOPL कारोबार संकेत (टिकर) प्रदान गरिएको छ। कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९२ रुपैयाँ १५ पैसा देखि २७६ रुपैयाँ ४५ पैसा सम्मको ओपनिङ रेन्ज निर्धारण गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.