माउण्ट एभरेष्ट पावरको स्थानीय आईपीओ बाँडफाँड सम्पन्न, अधिकांशले मागअनुसार सेयर पाए

सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
बुधबार, २० जेठ २०८३, १:६ PM
फन्ट
माउण्ट एभरेष्ट पावरको स्थानीय आईपीओ बाँडफाँड सम्पन्न, अधिकांशले मागअनुसार सेयर पाए

काठमाडौं, २० जेठ । सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बाँडफाँडमा अधिकांश आवेदकले आफूले आवेदन दिएको परिमाणअनुसार सेयर प्राप्त गरेका छन् भने गोलाप्रथामार्फत केही लगानीकर्ताले थप १० कित्तासम्म सेयर हात पारेका छन्।

बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले बुधबार बिहान स्थानीय बासिन्दाका लागि छुट्याइएको ८ लाख ८० हजार कित्ता आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दालाई अति प्रभावितप्रभावित समूहमा वर्गीकरण गरी सेयर वितरण गरेको थियो।

अति प्रभावित क्षेत्र अन्तर्गत १५० कित्तासम्म आवेदन दिने सबै लगानीकर्ताले मागबमोजिम सेयर प्राप्त गरेका छन्। १५० कित्ताभन्दा बढी आवेदन गर्नेहरूलाई पनि १५० कित्ताकै दरले सेयर बाँडफाँड गरिएको छ। त्यसपछि बाँकी रहेको सेयर गोलाप्रथाबाट वितरण गर्दा २९२ जना आवेदकले थप १० कित्ता प्राप्त गरेका छन्। यससँगै उक्त समूहका केही लगानीकर्ताले अधिकतम १६० कित्तासम्म सेयर पाएका छन्।

त्यस्तै, प्रभावित क्षेत्र अन्तर्गत ६० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले मागअनुसार सेयर प्राप्त गरेका छन्। ६० कित्ताभन्दा बढी आवेदन गर्नेहरूलाई भने ६० कित्ताकै दरले सेयर वितरण गरिएको थियो। बाँकी सेयर गोलाप्रथामार्फत बाँड्दा १ हजार ७७७ जना आवेदकले थप १० कित्ता पाएका छन्, जसका कारण यस समूहका केही लगानीकर्ताले अधिकतम ७० कित्तासम्म सेयर प्राप्त गरेका छन्।

स्थानीय बासिन्दातर्फको आईपीओ बाँडफाँड सम्पन्न भएसँगै कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गत वैशाख १७ गतेदेखि ३१ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.