निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीलाई पहिलो अवसर

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ठूलो परिमाणको संस्थापक सेयर बिक्री प्रक्रिया सुरु भएको छ।

Artha Kendra Artha Kendra
बुधबार, २० जेठ २०८३, ११:११ AM
फन्ट
निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीलाई पहिलो अवसर

काठमाडौं, २० जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ठूलो परिमाणको संस्थापक सेयर बिक्री प्रक्रिया सुरु भएको छ। बैंकका संस्थापक सेयरधनी आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिइएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन प्राप्त नभएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ।

यो बिक्रीसँगै आइएमई लिमिटेडले आफ्नो स्वामित्वको निफ्रा संस्थापक सेयर हस्तान्तरण प्रक्रिया अघि बढाएको छ भने बैंकले प्रचलित व्यवस्था अनुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाएको जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.