माण्डु हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?
माण्डू हाइड्रोपावर लिमिटेडले शेयरधनीहरूका लागि १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ — जसमा १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।
३२ मेगावाटको माण्डू हाइड्रोपावर लिमिटेड (MANDU) ले शेयरधनीहरूलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सञ्चालक समितिको हिजो बसेको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ।
उक्त लाभांश प्रस्ताव विद्युत नियमन आयोग (ERC) बाट स्वीकृति प्राप्त गरेपछि र आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने छन्। बोनस शेयरबाट कम्पनीको चुक्ता पूँजीमा थप वृद्धि हुनेछ भने नगद लाभांशको हिस्सा बोनसको कर भुक्तानीका लागि निर्धारित गरिएको हो।
कम्पनीको परिचय
माण्डू हाइड्रोपावर लिमिटेडले बागमती नदीको जलस्रोत प्रयोग गरी मकवानपुर जिल्लामा ३२ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको शेयर सन् २०२३ अक्टोबर १० देखि नेप्सेमा सूचीकृत भएको हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.