राजश्व १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य महत्वाकांक्षी नै हो- अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व १५ खर्ब ८० अर्ब उठाउने महत्वाकांक्षी उद्धेश्य राखेको स्पष्ट गरेका छन् ।

Artha Kendra Artha Kendra
सोमबार, १८ जेठ २०८३, १:२४ PM
फन्ट
राजश्व १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य महत्वाकांक्षी नै हो- अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व १५ खर्ब ८० अर्ब उठाउने महत्वाकांक्षी उद्धेश्य राखेको स्पष्ट गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट बारेको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले बजेटमा राजश्व महत्वकांक्षी रुपमा नै १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखिएको स्पष्ट गरेका हुन् ।

राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबिराज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबिअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमताअनुसार ल्याइएको दाबी गरेका छन्।

उनले आफुहरुले आटेर नै क्रान्त्रिकारी व्यवस्था बजेटमा गरेको बताउदै पाँच बर्षमा के के गर्ने भन्ने योजना बनाएर नै यस बर्षको बजेट आएको बताए । उनले पहिलो बर्ष स्रोत सुनिश्चित गर्ने चुनौती रहेकोले सोचे जातिका सबै योजना समावेश गर्न नसकेको बताए ।

अर्थमन्त्री डा. वाग्लेले पछिल्लो १० बर्षमा जीडीपी अनुसारको सबै भन्दा कम बजेट ल्याएको दाबि गर्दै ठुलो बजेट ल्यायो भनेर आलोचना गर्नेहरुलाई आँकडा हेर्न आग्रह गरे ।

उनले एआई सेन्टर स्थापना गर्ने भन्दै यस विषयमा कसैले कल्पना नगरेको काम सरकारले गर्न लागेको दाबि गरे । 

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन मिशन मोडमा गर्ने बताउदै यसमा सरकार निजी क्षेत्र र सबै सरोकारवालाले सहयोग गर्न आग्रह समेत गरेका छन् । उनेल सबैलाई हाउगुजी र अतिरन्जनामा नलाग्न आग्रह गर्दै कसैले नगरेको आँट सरकार गरेको बताए ।

सम्बन्धित
काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरपालिकाले हिजो (जेठ १७) गते लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.