राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमताअनुसार ल्याइएको दाबी गरेका छन्।

Artha Kendra Artha Kendra
आइतबार, १७ जेठ २०८३, ४:४६ PM
फन्ट
राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमताअनुसार ल्याइएको दाबी गरेका छन्।

बजेटबारे छलफल गर्न आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले बजेटको आकार ठूलो नभई कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब २८.५ प्रतिशत मात्र रहेको स्पष्ट गर्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको बताए।

उनले प्रारम्भमा २५ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा भए पनि अन्ततः करिब २१ खर्ब रुपैयाँ हाराहारीमा सीमित गरिएको बताउँदै पछिल्ला वर्षमा ३० प्रतिशतभन्दा माथि पुगेको बजेट आकारको प्रवृत्ति तोडिएको उल्लेख गरे।

अर्थमन्त्री डा. वाग्लेले भूकम्प र कोरोना महामारीका कारण सार्वजनिक ऋण ४२–४३ प्रतिशतसम्म पुगेको स्वीकार गर्दै हाल ऋण व्यवस्थापनमा सुधार भइरहेको बताए। उनले आगामी वर्ष ४१० अर्ब रुपैयाँ आन्तरिक ऋण र २४७ अर्ब रुपैयाँ बाह्य ऋण लिइने तथा ७२ अर्ब रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरिने जानकारी दिए।

तलब वृद्धिबारे उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी कर्मचारीको तलब वृद्धि प्रभावकारी रूपमा २१ प्रतिशत पुगेको दाबी गरे। साथै, आगामी वर्षदेखि ऋणको हिसाब गर्ने नयाँ विधिबारे नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.