पीडितलाई क्षतिपूर्ति, घाइतेलाई आजीवन निःशुल्क उपचार: व्यापक राहत प्याकेजको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ प्रदर्शनमा मृत्यु भएका, घाइते भएका र भौतिक क्षति व्यहोरेकाहरूका लागि व्यापक राहत प्याकेजको सिफारिस गरेको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ प्रदर्शनमा मृत्यु भएका, घाइते भएका र भौतिक क्षति व्यहोरेकाहरूका लागि व्यापक राहत प्याकेजको सिफारिस गरेको छ।
भदौ २४ गतेको आगजनीमा परी मृत्यु भएका २१ जनामध्ये पहिचान भएका ९ जना र पहिचान भएपछि बाँकी १२ जनाका हकवाला परिवारलाई Gen Z प्रदर्शनमा मारिएका अन्य मृतकसरह राहत/क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सिफारिस गरेको छ।
घाइते भई जीवनभर वा लामो समयसम्म उपचार/औषधि सेवन गर्नुपर्नेहरूको बाँकी सम्पूर्ण उपचार र औषधि निःशुल्क गराउने व्यवस्था मिलाउन सिफारिस गरिएको छ।
जीविकोपार्जनको स्रोत नभएका मृतकको आश्रित परिवारको कम्तीमा एक सदस्यलाई रोजगारी वा स्वरोजगारको व्यवस्था मिलाउन र अपाङ्गता भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्तासहित आर्थिक स्रोत सुनिश्चित गर्न पनि आयोगले सरकारलाई सिफारिस गरेको छ।
साथै, सार्वजनिक र निजी क्षेत्रमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी उचित क्षतिपूर्ति दिलाउन र सुनसरीको इटहरीमा २ जना तथा झापामा ३ जना सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.