आयोगको सिफारिस : सुदन गुरुङसहित आयोजकमाथि थप अनुसन्धान गर्न माग

आयोगले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर पनि घटनालाई हिंसात्मक बन्न रोक्न नसकेको भन्दै हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेतराज साउदलाई थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, १३ जेठ २०८३, ५:९ PM
फन्ट
आयोगको सिफारिस : सुदन गुरुङसहित आयोजकमाथि थप अनुसन्धान गर्न माग

काठमाडौँ । आयोगले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर पनि घटनालाई हिंसात्मक बन्न रोक्न नसकेको भन्दै हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेतराज साउदलाई थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि ३,००० देखि ३,२०० जना जम्मा हुने भनिएको स्थानमा किन ३ वटा एम्बुलेन्स, स्वास्थ्य स्वयंसेवक र टेन्टको व्यवस्था गरिएको थियो भन्ने प्रश्नको स्पष्ट जवाफ आयोजकहरूले दिन नसकेको आयोगले औंल्याएको छ।

आयोगले गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की,डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ्ग, समान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल वस्नेत, सुशिला कार्की,ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनाली सहितलाई अनुसन्धान गर्न सिफारिस गरेको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.