प्रदर्शन भड्काउने 'TOB ट्याटु' बाइकर समूहबारे थप अनुसन्धानको सिफारिस

आयोगले भदौ २३ गते एभरेस्ट होटल अगाडि देखा परेको ‘TOB’ लेखिएको कालो टी-शर्ट लगाएका तथा हात र शरीरमा TOB ट्याटु खोपिएका १५/२० जनाको बाइकर समूहको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ।

Artha Kendra Artha Kendra
बुधबार, १३ जेठ २०८३, ५:० PM
फन्ट
प्रदर्शन भड्काउने 'TOB ट्याटु' बाइकर समूहबारे थप अनुसन्धानको सिफारिस

काठमाडौँ । आयोगले भदौ २३ गते एभरेस्ट होटल अगाडि देखा परेको ‘TOB’ लेखिएको कालो टी-शर्ट लगाएका तथा हात र शरीरमा TOB ट्याटु खोपिएका १५/२० जनाको बाइकर समूहको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ।

यो समूहले भीडलाई उक्साउँदै सुरक्षा ब्यारिकेड तोड्न, संसद भवनमा आक्रमण गर्न र आगजनी गर्न उद्वेलित बनाएको आयोगको ठहर छ। आयोगले उक्त समूहको पहिचान, आयोजकहरूसँगको सम्बन्ध तथा उनीहरू कसैद्वारा सञ्चालित हुन् कि होइनन् भन्ने विषयमा सूक्ष्म अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ।

यस्तै, ‘Wake Up Nepal’ नामक टिकटक खाताबाट प्रदर्शन हुनुअघि नै “Anything could happen in tomorrow’s protest, so be ready with a Molotov cocktail” भन्दै पेट्रोल बम बनाएर आउन आह्वान गरिएको तथ्य पनि आयोगले उल्लेख गरेको छ।

साथै, संसद भवन र सिंहदरबार जलाइएको AI-generated फोटो तथा भिडियोहरू प्रदर्शनअघि नै सामाजिक सञ्जालमा साझा गरिएको तथ्य आयोगले उजागर गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.