भदौ २४ गतेको हिंसा 'पूर्वयोजनाबद्ध आपराधिक कार्य': ३ प्रहरी कुटीकुटी हत्या, २१ जना आगजनीमा परी मृत्यु

राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदनले भदौ २४ गतेको देशव्यापी घटनालाई ‘पूर्वयोजनाबद्ध रूपमा संगठित आपराधिक कार्यका रूपमा परिभाषित गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, १३ जेठ २०८३, ४:५५ PM
फन्ट
 भदौ २४ गतेको हिंसा 'पूर्वयोजनाबद्ध आपराधिक कार्य': ३ प्रहरी कुटीकुटी हत्या, २१ जना आगजनीमा परी मृत्यु

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदनले भदौ २४ गतेको देशव्यापी घटनालाई ‘पूर्वयोजनाबद्ध रूपमा संगठित आपराधिक कार्यका रूपमा परिभाषित गरेको छ।

सोही दिन प्रहरी मिलन राय, अमृत गुरुङ र उत्तम थापालाई प्रदर्शनकारीहरूले खोजी-खोजी कुटीकुटी हत्या गरेका थिए। त्यस्तै विभिन्न व्यवसायिक तथा निजी भवनमा भएको आगजनीमा परी २१ जनाको मृत्यु भएकोमा अहिलेसम्म ९ जनाको मात्र पहिचान भएको र १२ जनाको पहिचान हुन नसकेको आयोगले उल्लेख गरेको छ।

प्राध्यापक रवि लक्ष्मी चित्रकार लगायत कैयौं व्यक्तिहरू जलेर गम्भीर घाइते भएका छन्। देशभर अर्बौं रुपैयाँ बराबरको धनसम्पत्ति तोडफोड र आगजनीबाट नष्ट भएको र दिनभरि सम्पूर्ण सुरक्षा निकाय निष्क्रिय रहेको आयोगले औंल्याएको छ।

पहिचान भएका मृतकहरूमा राजेश सिंह गोला, महेन्द्र परियार, विकाश रसाइली, सोशिला देवी दुसादीन, काञ्छी नगरकोटी, स्वामिनी खड्का, सरोज खत्री, विजयकुमार तामाङ लामा र सरोज गुरुङ रहेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

2 comments · join the conversation

SP

Surendar Patel

·

So sad

J

Jeevan

·

अनि विद्यार्थी भाइ बहिनी को चै को सग रिसिबी रैछ?