युनाइटेड इदी मर्दीको आज साधारण सभा, के के छन् एजेन्डा ?

बिहिबार, १७ फाल्गुण २०८०, १०:२० AM
post-image

काठमाडौं, १७ फागुन। युनाइटेड इदी मर्दीको लाभांश पारित गर्न आज वार्षिक साधारण सभा बोलाएको छ। सभा,बिहान ११ बजे आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा सुरु हुनेछ। कम्पनीले यस बर्ष सेयरधनीलाई ५.७८९ प्रतिशत लाभांश वितरण गर्दैछ। 

यसले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) दिने भएको हो। साधारण सभाले अनुमोदन गरेपछि  लाभांश वितरण हुने कम्पनीले जानाएको छ। 

यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट यसले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}