हिमालयन रिइन्स्योरेन्सको शेयर उच्च मात्रामा कारोबार, मूल्य १३% सम्म घट्यो

आजको कारोबार मात्रा पछिल्लो १ महिनाकै उच्च रहेको देखिन्छ।

Artha Kendra Artha Kendra
बिहिबार, ३१ बैशाख २०८३, ११:५४ AM
फन्ट
हिमालयन रिइन्स्योरेन्सको शेयर उच्च मात्रामा कारोबार, मूल्य १३% सम्म घट्यो

आज हिमालयन रिइन्स्योरेन्स (HRL) को शेयरमा उच्च मात्रामा कारोबार देखिएको छ। कारोबार सुरु भएको १ घण्टा नबित्दै कम्पनीको करिब ३ लाख कित्ता शेयर किनबेच भएको छ भने शेयर मूल्य पनि एकै दिनमा करिब १३% सम्म घटेको छ। आजको कारोबार मात्रा पछिल्लो १ महिनाकै उच्च रहेको देखिन्छ।

यससँगै, आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमध्ये HRL शीर्ष स्थानमा रहेको छ।

यसैबीच, नेपाल बीमा प्राधिकरण ले भर्खरै हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड (HRL) लाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार कम्पनीले पूर्व–बीमा दाबी भुक्तानी गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मका लागि यस्तो निर्णय गरिएको हो।

यद्यपि, यसअघि स्वीकृत भइसकेका पुनर्बीमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापनका काम भने कम्पनीले निरन्तर गर्न पाउने उल्लेख गरिएको छ।

सम्बन्धित
हिमालयन रिइन्स्योरेन्सले अब पुनर्बीमा व्यवसाय गर्न नपाउने

नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६(१) अनुसार हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। कम्पनीले पूर्व-बीमा दाबी भुक्तानी दायित्व पूरा नगरेको भन्दै यो निर्णय भएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.