याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

बुधबार, ३० बैशाख २०८३, १०:५१ AM
post-image

वैशाख ३० गते, बुधबार याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको सर्वसाधारणतर्फको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत बैशाख १६ देखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका कुल रु. १७ करोड ४३ लाखबराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल २९ लाख ८२ हजार ४९८ जना लगानीकर्ताले ३ करोड २४ लाख ७८ हजार २३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। आवेदनमध्ये ४४ हजार ४१६ रद्द भएका छन् भने २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकाले बाँडफाँट गोलाप्रथा (लटरी) प्रक्रियामार्फत गरिएको हो। जसअनुसार १ लाख ७४ हजार ३०० जना लगानीकर्ताले १०/१० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। निष्काशन १८.६३ गुणाले ओभरसब्स्क्राइब भएको थियो।

आईपीओको विस्तृत नतिजा केही समयभित्र सार्वजनिक हुने निष्काशन प्रबन्धकले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}