आईपीओ निष्कासन गर्दै यती एयरलाइन्स : निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा यती एयरलाइन्स लिमिटेड · धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त।

Artha Kendra Artha Kendra
मंगलबार, २९ बैशाख २०८३, ७:१९ PM
फन्ट
आईपीओ निष्कासन गर्दै यती एयरलाइन्स : निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

नेपालका अग्रणी निजी हवाई सेवा प्रदायक मध्ये एक रहेको यती एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। त्यसका लागि कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

धितोपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

आन्तरिक हवाई सेवा प्रदान गर्दै आइरहेको यती एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो। कम्पनीले उच्च सुरक्षा मापदण्डविश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख सहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको बताएको छ।

साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। आईपीओ मार्फत सर्वसाधारणको लगानी संकलन गरी कम्पनीले विस्तार योजना अघि बढाउने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

RS

Ramesh Shrestha

·

धनिहरुले पत्याउन छोडे गरिब ठग्ने उपाए